२०८२ श्रावण ९ गते, शुक्रबार २०:२९

महोत्तरी-

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशका किसानका लागि संघ सरकारले ठूलो प्याकेजको घोषणा गर्नुपर्ने माग गर्नुभएको छ ।

महोत्तरीमा शुक्रवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले मधेस प्रदेशका बारा, पर्सा लगायत १३६ वटै पालिकामा पानीको हाहाकार रहेको बताउनु भयो । नागरिकले पिउने पानी समेत नपाइरहेको स्थिति रहेको उहाँको भनाइ छ । पानीको अभावले खेतीयोग्य जमिनहरु बाँझो रहेको र परिणमतः खाद्य चक्रमा यसले असर गर्ने बताउनु भयो ।

मुख्यमन्त्री सिंहले खानेपानीको आपूर्ति अहिले प्रदेश सरकारले गरिरहेको पनि बताउनु भयो । उहाँले मधेस प्रदेशको पूरा बजेट हाल्दा पनि समस्या समाधान हुने स्थिति नरहेकाले संघ सरकारले सहयोग गर्न जरुरी रहेको बताउनु भयो ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस