♠ समाचार सारांश | ♠ एआईबाट जेनरेटेड |
|
जनकपुर –
जनकपुर उपमहानगरपालिका–४ मा गएराति भएको अन्धाधुन्ध खुकुरी प्रहारमा एक बालिकाको मृत्यु भएको छ भने उनकी आमा र भतिजी गम्भीर घाइते भएका छन्।

मृतक १५ वर्षीया अञ्जलीकुमारी यादव धनुषाको बटेश्वर गाउँपालिका–५ शान्तिपुर निवासी हुन्। मधेश प्रदेश प्रहरी प्रमुख उमा चतुर्वेदीका अनुसार घटनामा अञ्जलीकी आमा ३६ वर्षीया आशा यादव र आशाकी भतिजी राधा यादव घाइते भएका छन्। उनीहरूलाई जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
आरोपित धनुषा क्षीरेश्वरनाथ नगरपालिका–९ इच्छापुरका ३५ वर्षीय रामबाबु साह भएको प्रहरीले जनाएको छ। साह स्व. सूर्यनन्द चौधरीको घरमा भाडामा बस्दै आएका थिए। उनी आफ्नै श्रीमतीको हत्या अभियोगमा ५ वर्ष जेल सजाय भोगिसकेका व्यक्ति रहेको खुलेको छ।
सोमबार राति करिब साढे ११ बजे भएको घटनापछि साह फरार रहेका छन्। प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ।