२०८२ पुष २३ गते, बुधबार १८:५६

स्पेन पठाउने नाममा मानव तस्करी: महाराजगञ्जस्थित ट्राभल्समा सीआईबीको छापा

काठमाडौं –
भिजिट भिसामा स्पेन पठाएर मानव तस्करी गरेको आरोपमा प्रहरीले काठमाडौंको महाराजगञ्जस्थित एक ट्राभल्समा छापा मारेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एसएसपी होविन्द्र बोगटी नेतृत्वको टोलीले भिजिट अबरोड टुर्स एन्ड ट्राभल्समा छापा मारेर केही कागजात र डिजिटल उपकरण नियन्त्रणमा लिएको जनाएको छ।

स्रोतका अनुसार छानबिन टोलीले उद्धार सामग्रीसहित अनुसन्धान प्रारम्भ गरेको हो। आरोप अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणलाई लक्षित गर्दै संयुक्त राष्ट्रसंघ (यूएन) को कार्यक्रममा सहभागी गराउने नाममा ट्राभल्स र केही एनजीओहरूले व्यक्तिहरूलाई स्पेन पठाएर मानव तस्करी गरेको देखिएको छ।

यो विषय संसद्मा समेत प्रवेश पाएपछि सीआईबीले छानबिन समिति गठन गरी अनुसन्धान अगाडि बढाएको हो। समिति अहिले संलग्न पक्षहरूमाथि प्रारम्भिक तथ्य संकलन गरिरहेको छ।

नेशनल मेडिकल कलेजमा डीन प्रा.डा. शर्मा र क्याम्पस प्रमुख प्रा.डा. उप्रेती सम्मानित; नवनिर्मित कन्फरेन्स हलको उद्घाटन

वीरगन्ज- वीरगन्जस्थित नेशनल मेडिकल कलेजले त्रिभुवन विश्वविद्यालय, शिक्षण संस्थान (IOM)

पोडकास्ट सुन्नुहोस