२०८२ श्रावण १४ गते, बुधबार ११:२०

जनकपुर –
जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले डिप बोरिङ जडानका लागि किसानसँग लालपुर्जा बुझाउने प्रावधान हटाउन माग गरेका छन्।

उनले संघीय सरकारले ल्याएका डिप बोरिङ कार्यक्रम कार्यान्वयनमा ल्याउँदा लालपुर्जा अनिवार्य गर्ने प्रावधान झन्झटिलो र किसानविरोधी भएको बताएका छन्। आफ्नो सचिवालयको फेसबुकमा लेख्दै राउतले भनेका छन्, “कृषि मन्त्रालयका मन्त्रीज्यू, सचिवज्यू, मातहतका कार्यालय प्रमुखज्यूहरू, कृषि ज्ञान केन्द्रका प्रमुखज्यूहरू, लालपुर्जा जम्मा गर्नुपर्ने अनावश्यक दुःख किन?”

राउतका अनुसार मधेसमा अधिकांश किसानसँग सानो टुक्रामा जमिन भएकाले सयौँ जनाको लालपुर्जा संकलन गरेर मात्र डिप बोरिङ जडान गर्नुपर्ने अवस्था सिर्जना हुन्छ, जसले सामान्य किसानलाई योजनाबाट वञ्चित गराइरहेको छ। उनले ठूला जमिन्दारहरूले भने सहजै सुविधा लिन सक्ने र साना किसान बाध्यतामा पर्नुपर्ने उल्लेख गर्दै यस्तो प्रावधान हटाउन सरकारलाई आग्रह गरेका छन्।

उनले लालपुर्जा झन्झटका कारण यस्ता कृषि योजनाहरू सफल हुन नसकेको पनि दाबी गरेका छन्।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस