२०८२ आश्विन २ गते, बिहीबार १२:४४

शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी कामहरु छिटै टुंगिन्छः मन्त्री चौरसिया

काठमाडौं-

कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी कामहरु छिटो सम्पन्न गर्ने सरकारले लक्ष्य रहेको बताउनुभएको छ ।

मंगलवार सिंहदरबारमा बसेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक पनि सर्वसम्मतिले पारित भइरहेको र शान्ति सम्झौतका क्रममा भएका समझदारी, सहमति र सम्झौताको एकीकृत अभिलेख तयार गर्ने काम भइरहेको बताउनु भयो । जनआन्दोलन र जनयुद्ध, मधेस आन्दोलन लगायतका विभिन्न राजनीतिक परिवर्तन, आन्दोलनमा घाइते एवं अपाङ्गको सूचि अद्यावधिक गर्न समस्याको दिगो समाधान गर्न उच्चस्तरीय समिति गठन गर्ने बताउनु भयो ।

सशस्त्र द्वन्द्व र जनआन्दोलनका घाइते र अपाङ्गता भएकालाई जीवन निर्वाहका लागि भत्ता वितरण तथा द्वन्द्व पीडितलाई क्षतिपूर्ति, उपचारमा आवश्यक उपकरण, शिक्षा, रोजगारी, स्वरोजगारको अवसर र आर्थिक सहायता उपलब्ध गराइ पुनःस्थापना र परिपूरण लगायतको कार्य गर्न शान्ति कोषको व्यवस्था गरिएको बताउनु भयो ।

मन्त्री चौरसियाले राजनीतिक परिवर्तनका लागि सशस्त्र संघर्ष लगायतका आन्दोलनका योद्धाहरुलाई गणतान्त्रिक योद्धा सम्मान प्रदान गर्ने व्यवस्था मिलाइने बताउनु भयो ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस