२०८२ पुष २४ गते, बिहीबार ०३:२९

व्यक्तिको खातामा सरकारले खर्च गर् भनेर पैसा पठाएमात्रै अर्थतन्त्र चलायमान हुन्छः पूर्वगभर्नर नेपाल

काठमाडौँ-

पूर्वगभर्नर चिरञ्जीवि नेपालले विकासित देशहरुमा सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन व्यक्तिको खातामा पैसा पठाइदिने गरेपनि नेपाला कहिल्यै त्यस्तो नभएको बताउनुभएको छ ।

नेपाली काँग्रेस वित्तीय संस्था समन्वय विभागले आयोजना गरेको वर्तमान अवस्थामा देशको वित्तीय तथा मौद्रिक स्थीति विषय अन्तरक्रियामा बोल्दै उहाँले अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले खर्च गर्न व्यक्तिको खातासम्मै पैसा हाल्न सक्नुपर्ने बताउनुभएको हो । उहाँकाअनुसार विस्तारकारी वित्तीय र मौद्रिक नीतिले मात्रै अर्थतन्त्रलाई गति दिनसक्छ । अहिले सरकारले लिएको वित्तीय नीति र मौद्रिक नीति लचक रहेको पूर्वगभर्नर नेपालले बताउनु भयो । पूर्वगभर्नर नेपालकाअनुसार मौद्रिक नीतिले धेरै लचकता लिएको छ । यसले मुलुकको अर्थतन्त्रलाई चलाउने छ । यद्यपि लचिलो मौद्रिक नीतिकाका कारण जोखिमहरु पनि धेरै रहेको उहाँले बताउनु भयो । पूर्वगभर्नर नेपालकाअनुसार ब्याजदर घट्दा पनि ऋण प्रवाह बढ्न नसक्नु, धेरै पैसा बजारमा थ्रुपिनु सकारात्मक नरहेको बताउनु भयो ।

उहाँले विगतमा स्टीमुलस प्याकेज ल्याएर अर्थतन्त्र सुधार्नुपर्नेमा सरकारहरु चुकेको बताउनु भयो । अर्थतन्त्र सुधार्न सरकारले कर छुटदेखि लगानी प्रवद्र्धनका निम्ति विभिन्न कार्यक्रमहरु ल्याउनुपर्छ । विस्तारकारी बजेटसँगै मौद्रिक नीति दुवै आउनुपर्छ । अहिले आएको विस्तारकारी मौद्रिक नीतिले पार्ने प्रभावका बारे केही दिनमै थाहा हुने उहाँले बताउनु भयो ।

नेशनल मेडिकल कलेजमा डीन प्रा.डा. शर्मा र क्याम्पस प्रमुख प्रा.डा. उप्रेती सम्मानित; नवनिर्मित कन्फरेन्स हलको उद्घाटन

वीरगन्ज- वीरगन्जस्थित नेशनल मेडिकल कलेजले त्रिभुवन विश्वविद्यालय, शिक्षण संस्थान (IOM)

नेशनल मेडिकल कलेजमा डीन प्रा.डा. शर्मा र क्याम्पस प्रमुख प्रा.डा. उप्रेती सम्मानित; नवनिर्मित कन्फरेन्स हलको उद्घाटन

वीरगन्ज- वीरगन्जस्थित नेशनल मेडिकल कलेजले त्रिभुवन विश्वविद्यालय, शिक्षण संस्थान (IOM)

पोडकास्ट सुन्नुहोस