वीरगन्ज-
पर्सा जिल्लाका भित्री सिमानाका हुँदै नेपाल प्रवेश गरी लागुऔषध सेवन गर्ने तथा विभिन्न अवाञ्छित गतिविधिमा संलग्न १६ जना युवा पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मुख्य नाकाहरूमा सुरक्षा निकायले कडाइका साथ चेकजाँच गरेपछि भित्री सिमानाका हुँदै लागुऔषधजन्य प्रतिबन्धित ट्याब्लेट, इन्जेक्सन, कोरेक्सलगायत सेवन गरी नेपाल भित्रिने र त्यसपछि होहल्ला, झैझगडा, सवारी दुर्घटना तथा आपराधिक गतिविधिमा संलग्न हुनेहरूको संख्या बढेको गुनासो प्राप्त भएको थियो।
त्यसै आधारमा विशेष अभियान सञ्चालन गरी २०८२ साउन १४ गते बिहान ११ बजे जगरनाथपुर गाउँपालिका–२ जानकीटोल चोक नजिक खटिएको संयुक्त प्रहरी टोलीले १६ जनालाई नियन्त्रणमा लिएको हो। नियन्त्रणमा परेकाहरूले चेकजाँचका क्रममा खटिएका प्रहरी कर्मचारीसँग अभद्र व्यवहार समेत गरेका थिए।
प्रहरीले पक्राउ परेकाहरूलाई सार्वजनिक शान्तिविरुद्धको कसूरमा जिल्ला प्रशासन कार्यालय पर्साबाट १० दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।
पक्राउ परेका व्यक्तिहरू:
-
वीरगन्ज महानगरपालिका–१७ का सुजित पटेल वर्ष (२५), राहुल यादव वर्ष (३०),
-
सिरहा धनगढीमाई–१० का दिनेश कुमार श्रेष्ठ वर्ष (२८),
-
वीरगन्ज महानगरपालिका–२३ का श्यामसुन्दर यादव वर्ष (२७),
-
अज्ञात ठेगानाका ऐ.जे. दास वर्ष (२४),
-
वीरगन्ज–२१ का फिरोज अन्सारी (२५) र देवनारायण राम वर्ष (२३),
-
धनुषा छिरेश्वर–१ का जितेन्द्र कुमार यादव वर्ष (३५),
-
वीरगन्ज–१३ का सुमित कुशवाहा वर्ष (२६),
-
विन्दवासिनी–२ का नितेश मुखिया वर्ष (२७),
-
वीरगन्ज–१४ का दिनानाथ पटेल वर्ष (२९) र दिपेन्द्र पासवान वर्ष (२५),
-
जितपुर सिमरा–२ का मनुप अछामी वर्ष (२८),
-
अज्ञात ठेगानाका टलक बहादुर केसी वर्ष (२६),
-
ठोरी–४ का रोहन बुढाथोकी वर्ष (२७)
-
धोबिनी–३ का रिजवान हवारी वर्ष (२९)
प्रहरीले सिमानाका क्षेत्रमा अवाञ्छित गतिविधि नियन्त्रणका लागि निगरानी अझ कडा बनाइएको र यस्ता विशेष अभियान निरन्तर चलाइने जनाएको छ।