२०८२ श्रावण १६ गते, शुक्रबार ११:१३
काठमाडौं —

बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक ३१.५० अंकले घटेर २९२२.६३ विन्दुमा झरेको छ। नेप्से घटेपनि बजारमा उल्लेखनीय कारोबार भएको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार दिनभरमा ३ करोड ६८ लाख कित्ता सेयर किनबेच हुँदा १५ अर्ब ९८ करोड रुपैयाँको कारोबार भएको हो। यस दिन ५२ कम्पनीको सेयर मूल्य बढेको र १९८ कम्पनीको सेयर मूल्य घटेको एक्सचेन्जले जनाएको छ।

आज सर्वाधिक बढ्ने कम्पनीहरूमा ट्रेड टावर लिमिटेड, नेपाल फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रिन डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट रहेका छन्, जसका सेयर ९.९९ प्रतिशतसम्मले बढेका छन्। विपरीत भूगोल इनर्जी डेभलपमेन्ट, माईखोला हाइड्रोपावर, अपरसोलु हाइड्रो इलेक्ट्रिक, श्वेतगंगा हाइड्रोपावर र पञ्चकन्या माई हाइड्रोपावरका सेयर भने ७.१० प्रतिशतसम्मले घटेका छन्।

सर्वाधिक कारोबार गर्ने कम्पनीमध्ये हिमालयन रि इन्स्योरेन्स अग्रस्थानमा रह्यो, जसको कारोबार १ अर्ब ३३ करोड रुपैयाँको भयो। यसपछि नेपाल पुनर्बीमा कम्पनी (७५ करोड), हिमालयन डिस्टिलरी (६९ करोड), शिवम् सिमेन्ट (६७ करोड) र लुम्बिनी विकास बैंक (४१ करोड) रहेका छन्।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस