२०८२ पुष २४ गते, बिहीबार ०३:५५

महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने, १० टोलीको सहभागिता

काठमाडौँ —

महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोट प्रतियोगिता आगामी वर्ष नेपालले आयोजना गर्ने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार प्रतियोगिता आगामी जनवरी १२ देखि फेब्रुअरी २, २०२६ सम्म काठमाडौँस्थित माथिल्लो र तल्लो मुलपानी क्रिकेट मैदानमा हुनेछ।

प्रतियोगितामा १० टोलीको सहभागिता रहनेछ, जसलाई दुई समूहमा विभाजन गरेर खेल खेलाइनेछ। आईसीसीले खेल तालिका छिट्टै सार्वजनिक गर्ने जनाएको छ।

यो नेपालले आयोजना गर्ने हालसम्मकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता हुने भएको छ। प्रतियोगितामा सहभागी १० टोलीमध्ये शीर्ष चार टोलीले इङ्ग्ल्याण्ड र वेल्समा हुने सन् २०२६ को महिला टी–२० विश्वकपमा स्थान बनाउनेछन्।

कस–कसले पाए छनोट?

  • एशिया क्षेत्र : नेपाल र थाइल्याण्ड

  • प्रत्यक्ष छनोट : आयरल्यान्ड र बङ्गलादेश (सन् २०२४ को विश्वकप सहभागिताका आधारमा)

  • अमेरिकी क्षेत्र : संयुक्त राज्य अमेरिका

  • बाकी ५ स्थान : अफ्रिका र युरोपबाट दुई–दुई टोली तथा ईस्ट एसिया–प्यासिफिक क्षेत्रबाट एक टोली क्षेत्रीय छनोटबाट चयन हुनेछन्।

नेपालले यसअघि पहिलोपटक एसिया छनोट पार गरेर ग्लोबल छनोटमा स्थान बनाएको हो, जसलाई नेपाली महिला क्रिकेटको ऐतिहासिक उपलब्धि मानिएको छ।

नेशनल मेडिकल कलेजमा डीन प्रा.डा. शर्मा र क्याम्पस प्रमुख प्रा.डा. उप्रेती सम्मानित; नवनिर्मित कन्फरेन्स हलको उद्घाटन

वीरगन्ज- वीरगन्जस्थित नेशनल मेडिकल कलेजले त्रिभुवन विश्वविद्यालय, शिक्षण संस्थान (IOM)

नेशनल मेडिकल कलेजमा डीन प्रा.डा. शर्मा र क्याम्पस प्रमुख प्रा.डा. उप्रेती सम्मानित; नवनिर्मित कन्फरेन्स हलको उद्घाटन

वीरगन्ज- वीरगन्जस्थित नेशनल मेडिकल कलेजले त्रिभुवन विश्वविद्यालय, शिक्षण संस्थान (IOM)

पोडकास्ट सुन्नुहोस