२०८२ आश्विन २ गते, बिहीबार १४:२२

देशमा भ्रष्टाचारले सीमा नाघ्योः अध्यक्ष श्रेष्ठ

काठमाडौं-

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठले देशमा भ्रष्टाचारले सीमा नाघेको बताउनुभएको छ ।

शनिवार काठमाडौंमा जनता समाजवादी पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भ्रष्टाचार उन्मुलुन गर्न जरुरी रहेको बताउनु भयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै भ्रष्टाचारीको आँखै हेर्दिन भन्ने गरेपनि त्यसअनुसार काम अघि बढ्न नसकेको टिप्पणी गर्नुभयो । उहाँले भ्रष्टाचार बढ्नुको मुख्य कारण प्रत्यक्ष निर्वाचन प्रणाली रहेको बताउनु भयो । करोडौँ पैसा खर्च गरेर निर्वाचन जित्ने र त्यसपछि मन्त्री, मुख्यमन्त्री, सांसद, पालिका प्रमुख, वडा अध्यक्ष भएर असुल्ने प्रवृत्तिका कारण भ्रष्टाचार मौलाइरहेको बताउनु भयो । मन्त्रीहरुले नीतिगत निर्णयमा हस्ताक्षर गर्ने कारण पनि भ्रष्टाचार बढेको उहाँको निष्कर्ष छ ।

अध्यक्ष श्रेष्ठले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीप्रति लक्षित गर्दै अहिले फलानो राजनीतिमा आउनु हुन्छ की हुँदैन भन्नेमा बहस भइरहेको बताउनु भयो । एउटा नेता परिवर्तन हुने कुराले खासै फरक नपार्ने तर एजेण्डा लिएर अघि बढ्दा राम्रो हुने बताउनु भयो । अहिलेको संसदीय व्यवस्थाअनुसार पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा आउन नमिल्ने बताउनु भयो ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस