वीरगन्ज –
प्रतीक दैनिकले आफ्नो आगामी भदौ १ गतेको वार्षिकोत्सवको अवसरमा पत्रकारिता क्षेत्रमा योगदान पु¥याएका तीन स्रष्टालाई सम्मान गर्ने भएको छ।
संस्थाको निर्णयअनुसार, स्व। सुबोध स्मृति पत्रकारिता पुरस्कार यस वर्ष क्रान्ति शाहलाई प्रदान गरिनेछ। शाह अन्नपूर्ण पोस्ट दैनिकका पर्सा संवाददाता तथा मधेश खबरका सञ्चालक हुन्।
त्यसैगरी, उत्कृष्ट स्तम्भकार पुरस्कारका लागि ओम प्रकाश खनाल चयन भएका छन्। खनाल नेपाल पत्रकार महासंघ, पर्साका अध्यक्षसमेत हुन् र अभियान दैनिकका संवाददाता रहेका छन्।
उता, उत्कृष्ट संवाददाता पुरस्कार भने प्रमोद यादवलाई प्रदान गरिने भएको छ।
प्रतीक दैनिकले हरेक वर्ष आफ्नो वार्षिकोत्सवमा पत्रकारितामा विशिष्ट योगदान गर्ने स्रष्टाहरूलाई सम्मान गर्दै आएको छ। यस वर्ष पनि तीन विधामा योग्य पत्रकारहरूको छनोट गरिएको संस्थाले जनाएको छ।
Post Views: 22