२०८२ पुष २३ गते, बुधबार २२:१६

नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद संघ पर्साको अध्यक्षमा अशेश्वर पटेल चयन

वीरगन्ज–

नेपाली कांग्रेसको लोकतान्त्रिक खेलकुद संघ पर्साको नेतृत्वमा अशेश्वर पटेल चयन भएका छन्।

शनिबार वीरगन्जको ज्योतिनगरस्थित नेपाली कांग्रेस पार्टी कार्यालयमा सम्पन्न पहिलो जिल्ला भेलाले कार्यवाहक अध्यक्ष अशेश्वर पटेललाई अध्यक्षमा चयन गरेको हो।

भेलामा पार्टीका कार्यवाहक अध्यक्ष रामनरायन प्रसाद कुर्मीको प्रमुख आतिथ्य रहेको थियो। भेलाले पटेलको नेतृत्वमा उपाध्यक्षमा सुबोध कुमार श्रीवास्तव, महिला उपाध्यक्षमा रोशनी श्रेष्ठ, सचिवमा राजेश कुमार पटेल, सहसचिवमा पुस्प राज यादव, कोषाध्यक्षमा सोनालाल मंडल र सदस्यमा दिलिप कुमार दाससहित १६ सदस्यीय समिति गठन गरेको छ।

कार्यक्रममा प्रवक्ता रामेश पाण्डे, प्रकाश उपाध्याय, म. साहबुदिन, अनिरुद्ध प्रसाद सिंहलगायतका नेताहरूको विशेष उपस्थिति रहेको थियो।

भेलाले खेलकुदको विकास र संघको सशक्तीकरणका लागि ठोस योजना तयार गर्ने प्रतिबद्धता जनाएको छ।

नेशनल मेडिकल कलेजमा डीन प्रा.डा. शर्मा र क्याम्पस प्रमुख प्रा.डा. उप्रेती सम्मानित; नवनिर्मित कन्फरेन्स हलको उद्घाटन

वीरगन्ज- वीरगन्जस्थित नेशनल मेडिकल कलेजले त्रिभुवन विश्वविद्यालय, शिक्षण संस्थान (IOM)

पोडकास्ट सुन्नुहोस