२०८२ श्रावण २१ गते, बुधबार २२:३२

काठमाडौं-

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले १७ हजारका नामले माओवादीलाई अझै पनि बद्नाम गर्ने कसरत भइरहेको बताउनुभएको छ ।

आईतवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अझै पनि माओवादीको बद्नाम गर्नका लागि १७ हजार भन्ने गरेको उहाको भनाइ छ । आफूहरुले शहीदका सपना पूरा गर्नका लागि जुन स्तरबाट काम गर्नुपर्ने थियो त्यो हुन नसकेको महशुस गरेर अहिले शहीद,बेपत्ता परिवारका र आफ्नै वर्गमा फर्किएर काम शुरु गरेको बताउनु भयो । शहीदहरुको सम्मान गर्न आफूहरुबाट कमजोरी भएको महशुस भएको पनि बताउनु भयो । प्रतिक्रियावादी षड्यन्त्रका विरुद्ध शहीदहरुका सपना सम्झिँदै अघि बढ्ने जमर्को गरेको उल्लेख गर्नुभयो । नेपालमा फेरि एक पटक नयाँ आन्दोलन र विद्रोहले जन्म लिने बताउनु भयो ।

अध्यक्ष दाहालले पार्टी विभाजन गर्नका लागि अनेक षड्यन्त्र गर्ने काम भइरहेको पनि बताउनु भयो ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस