काठमाडौं –

कर्जा सूचना केन्द्रका अनुसार पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण र ब्याजको किस्ता तिर्न नसक्नेहरूको संख्या तीव्र रूपमा बढ्दै गएको छ।
केन्द्रका तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ मा मात्र १८ हजार ८ सय १ जना बैंकको ऋण र ब्याज तिर्न नसकेर कालोसूचीमा परेका छन्। अघिल्लो वर्षको तुलनामा यो संख्या १२ सयले बढेको हो।
दुई वर्ष अघि (२०७९/८०) कालोसूचीमा पर्नेहरूको संख्या ३४ हजार थियो भने २०७८/७९ मा १५ हजार ९ सय ९५ मात्र थिए। यो अघिल्लो वर्षको तुलनामा झन्डै ६ हजार बढी हो।
यसैगरी, चेक बाउन्स र बैंकको कर्जा नियमित गर्न नसक्ने कारण मात्र गत आर्थिक वर्षमा ५३ हजार ५ सय ७१ जना थपिएका छन्। अघिल्लो वर्ष ५२ हजार ३ सय ३ जना यस्तो सूचीमा परेका थिए।
हालसम्म कालोसूचीमा पर्नेहरूको संख्या झन्डै १ लाख ३० हजार पुगेको कर्जा सूचना केन्द्रले जनाएको छ।