२०८२ पुष २४ गते, बिहीबार ०४:०९

कक्षा १२ को परीक्षाफल यसै साता सार्वजनिक हुने, SMS र वेबसाइटमार्फत हेर्न सकिने

काठमाडौं –
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को २०८१ सालको परीक्षाफल यसै साता सार्वजनिक गर्ने तयारी गरेको छ।

बोर्डका अनुसार कक्षा १२ को परीक्षा गत वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म सञ्चालन गरिएको थियो। परीक्षामा कुल ५ लाख ११ हजार ५ सय २५ जना परीक्षार्थी सहभागी भएका थिए।
जसमा नियमिततर्फ ३ लाख ९५ हजार ९ सय ८ र आंशिकतर्फ १ लाख १५ हजार ६ सय १७ जना विद्यार्थी रहेका छन्।

बोर्डले यस वर्ष वैशाख ११ गतेदेखि नै परीक्षा सञ्चालन गर्ने तयारी गरे पनि शिक्षक महासंघको आन्दोलनका कारण परीक्षा १० दिन ढिलो गराइएको थियो।

कक्षा १२ लाई विद्यालय तहको अन्तिम परीक्षा मानिन्छ र यसको नतिजाले विद्यार्थीको उच्च शिक्षातर्फको मार्गनिर्देशन तय गर्ने बोर्डले जनाएको छ।

यसरी हेर्न सकिन्छ नतिजा

परीक्षाफल राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.npNepal Telecom को १६०० मा फोन गरेर वा SMS मार्फत हेर्न सकिने बोर्डले जनाएको छ।

  • SMS मार्फत: NEB <space> Symbol Number लेखी १६०० मा पठाउने।

  • फोनबाट: १६०० डायल गरी निर्देशन अनुसार आफ्नो सिम्बोल नम्बर प्रविष्ट गर्ने।

नेशनल मेडिकल कलेजमा डीन प्रा.डा. शर्मा र क्याम्पस प्रमुख प्रा.डा. उप्रेती सम्मानित; नवनिर्मित कन्फरेन्स हलको उद्घाटन

वीरगन्ज- वीरगन्जस्थित नेशनल मेडिकल कलेजले त्रिभुवन विश्वविद्यालय, शिक्षण संस्थान (IOM)

नेशनल मेडिकल कलेजमा डीन प्रा.डा. शर्मा र क्याम्पस प्रमुख प्रा.डा. उप्रेती सम्मानित; नवनिर्मित कन्फरेन्स हलको उद्घाटन

वीरगन्ज- वीरगन्जस्थित नेशनल मेडिकल कलेजले त्रिभुवन विश्वविद्यालय, शिक्षण संस्थान (IOM)

पोडकास्ट सुन्नुहोस