वीरगन्ज –

जनता समाजवादी पार्टी, नेपाल (जसपा) पर्साले मधेश प्रदेशमा देखिएको सुख्खा संकट समाधानमा सरकार गम्भीर नभएको भन्दै प्रधानमन्त्री र मधेश प्रदेशका मुख्यमन्त्रीलाई ११ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ।
जसपा नेपाल पर्साका अध्यक्ष राम नरेश प्रसाद यादवको नेतृत्वमा गएको टोलीले जिल्ला प्रशासन कार्यालयमार्फत बुझाएको पत्रमा सरकारको काम केवल घोषणामा सीमित भएको र राहत प्याकेज नल्याउनु “नालायकीपन” भएको आरोप लगाइएको छ।
अध्यक्ष यादवका अनुसार पार्टीले मधेश प्रदेशका आठवटै जिल्लाका प्रशासन कार्यालयमार्फत संघ र प्रदेश सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ।
जसपाको ११ बुँदे माग
-
सुख्खाग्रस्त क्षेत्रमा तत्काल सिँचाइको प्रबन्ध मिलाउन।
-
किसानलाई कृषि ऋणमा छुट र मलखादको न्यायोचित वितरण।
-
वीरगन्ज लगायत सहर तथा ग्रामीण क्षेत्रमा खानेपानीको तत्काल आपूर्ति।
-
भूमिगत जल पुनर्भरणका लागि ठूला बहुउद्देश्यीय जलाशय निर्माण।
-
चुरे क्षेत्रको संरक्षण र दोहन रोक्न अवैध क्रसर उद्योग बन्द।
-
अधुरा सिँचाइ तथा खानेपानी आयोजनाहरू तत्काल सम्पन्न गर्ने।
-
कृषि ऋणमा सहुलियत र कृषि यन्त्रमा अनुदानको व्यवस्था।
पार्टीले दीर्घकालीन रूपमा जल संकट समाधान गर्न ठोस नीति बनाउन र स्थानीयस्तरमा तत्काल राहत प्याकेज लागू गर्न माग गरेको छ।