२०८२ श्रावण १८ गते, आईतवार २०:०४

पर्सा —

पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–५ शंकरसरैयामा श्रीमतीको हत्या गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन्।

प्रहरीका अनुसार शनिवार साँझ करिब ६:३० बजे घरायसी विवादका कारण मादक पदार्थ सेवन गरेका ३२ वर्षीय जितेन्द्र माझी मुसहरले आफ्नी २४ वर्षीया श्रीमती असपतलीया देवी मुसहरलाई हात मुक्का र लठ्ठी प्रयोग गरी घाँटीमा समेत प्रहार गरी हत्या गरेका थिए।

घटनाबारे अस्थायी प्रहरी चौकी शंकरसरैयामा जानकारी प्राप्त हुनासाथ प्र.स.नि. विकाउ साहको कमाण्डमा खटिएको प्रहरी टोलीले आसपासका सीमा क्षेत्रमा कडाई गर्दै जितेन्द्र लाई घेराबन्दी गरी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। साथै, इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट SoCo सहितको प्रहरी निरीक्षकको कमाण्डमा अर्को टोली खटाई घटनास्थलको मुचुल्का तयार पार्दै आवश्यक कानूनी प्रक्रिया पूरा गरिएको छ।

मृतकको शवलाई पोष्टमार्टमका लागि नारायणी अस्पताल वीरगन्ज पठाइएको छ। यता, पक्राउ परेका जितेन्द्र लाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत पर्साबाट ७ दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस