२०८२ श्रावण २० गते, मंगलवार २१:३०

काठमाडौं–

साताको तेस्रो कारोबार दिन सेयर बजारमा ४१ अंकले घटेको छ । मंगलबार बजार ४१.७८ अंकले घटेर २,८३३.५७ विन्दुमा झरेको छ ।

बजार घट्दा ४६ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै, २०४ कम्पनीको सेयरमूल्य घटेको छ ।

बजार घट्दा नौ अर्ब ३३ करोड ३९ लाख ८८ हजार ४८१ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । आज दुई करोड २२ लाख सात हजार १४२ कित्ता सेयर एक लाख ३० हजार ९५३ पटक किनबेच भएको छ ।

बजार घटे पनि समाज लघुवित्त र उन्नति सहकार्यको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । विन नेपाल लघुवित्त, सिर्जनशील लघुवित्त, सनराइज म्युचुअल फन्डको सेयरमूल्य उच्च कमाउने शीर्ष स्थानमा रहे ।

थ्री स्टार हाइड्रो सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । ट्रेड टावर, लुम्बिनी विकास बैंक, अपर सोलु हाइड्रो, सुपर मादीलगायत कम्पनी धेरै गुमाउनेमा शीर्ष स्थानमा रहे ।

समूहगत सूचकतर्फ माइक्रो फाइनान्स समूह ०.४४ प्रतिशत र म्युचअल फन्ड ०.१७ प्रतिशत बढेको छ । बाँकी ११ समूह राताम्मे देखिएका छन् ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस