२०८२ श्रावण २० गते, मंगलवार २२:०७

काठमाडौँ –

संघीय निजामती सेवा विधेयकको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी प्रावधानमा भएको चलखेलबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक भएको छ।

समितिका संयोजक जीवन परियारले जिम्मा पाएको २९ दिनपछि आज उक्त प्रतिवेदन बुझाएका हुन्।

प्रतिवेदनमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा र सोही समितिका सचिव सुरजकुमार दुरालाई नैतिक रूपमा जिम्मेवार ठहर गरिएको उल्लेख छ।

संसदीय विशेष समिति विवादास्पद प्रावधान कसरी विधेयकमा समावेश भयो भन्नेबारे छानबिन गर्न गठन गरिएको थियो।

 

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस