२०८२ श्रावण २० गते, मंगलवार २१:०२

काठमाडौँ –

खानेपानी, सरसफाइ तथा ढल व्यवस्थापन विभागको वार्षिक प्रगति समीक्षा गोष्ठीमा खानेपानी मन्त्री प्रदीप यादवले तराई–मधेस क्षेत्रमा दीर्घकालीन रूपमा खानेपानी समस्या समाधानका लागि तत्काल ठोस योजना बनाउन निर्देशन दिएका छन्।

मन्त्री यादवले विभागलाई सम्भव भएसम्म छिटो कार्यान्वयन गर्न सकिने योजना तयार गर्न आग्रह गर्दै दीर्घकालीन समाधान अब ढिला नगरी सुरु गर्नुपर्नेमा जोड दिए।

गत आर्थिक वर्ष २०८१/८२ को प्रगति समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले खानेपानी मन्त्रालयले विकास निर्माणका क्षेत्रमा उत्कृष्ट परिणाम हासिल गरेको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी काम गर्न विभागलाई प्रोत्साहित गरे।

गोष्ठीमा विभागका महानिर्देशक रामकुमार श्रेष्ठले विगत वर्षमा विभागले देशभर ९० प्रतिशत प्रगति हासिल गरेको जानकारी दिँदै मन्त्रीको स्पष्ट मार्गनिर्देशनअनुसार आगामी वर्ष अझ प्रभावकारी रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस