वीरगन्ज-

वीरगन्जको आदर्शनगर क्षेत्रबाट सशस्त्र प्रहरीले कर छली गरेको आशंकामा तीन बोरा जुत्ता नियन्त्रणमा लिएको छ।
वीरगन्ज भन्सार कार्यालयमा अवस्थित सशस्त्र प्रहरी बल, भन्सार सुरक्षा गुल्मको टोलीले मंगलबार वीरगन्ज महानगरपालिका–९, आदर्शनगरमा रहेको भैरव ढुवानी सेवाबाट उक्त जुत्ता नियन्त्रणमा लिएको हो।
प्राप्त जानकारीअनुसार वीरगन्जस्थित अलो फन्सी स्टोरले भारतबाट आयात गरेको जुत्ता सो ढुवानी सेवामार्फत भरतपुर पठाउने क्रममा सशस्त्र प्रहरीको टोलीलाई शंका लागी नियन्त्रणमा लिएको ढुवानी सेवाका एक कर्मचारीले बताएका छन्।
सशस्त्र प्रहरीका अनुसार भारतबाट आयात गरिएका ती जुत्तामा कर छली भएको आशंका गरिएको छ। नियन्त्रणमा लिइएका जुत्ता आवश्यक छानबिनका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको छ।