सप्तरी –

सप्तरीको राजगढ गाउँपालिका–२ का लालु यादवको प्रहरीको गोलीबाट गएराति मृत्यु भएपछि सदरमुकाम राजविराज तनावग्रस्त बनेको छ।
मृतकका आफन्तले घटनाको निष्पक्ष छानबिनको माग गर्दै बुधबार बिहानदेखि जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन सुरु गरेका हुन्। प्रदर्शनकारीहरूले टायर बालेर सडक अवरुद्ध गरेपछि स्थिति थप तनावग्रस्त बनेको जनाइएको छ।
प्रदर्शनका क्रममा प्रहरीले गेटअगाडि उभिएका प्रदर्शनकारीलाई लखेटेर हटाएको भए पनि उनीहरू अहिले पनि सडकमै उत्रिएर प्रदर्शन गरिरहेका स्थानीयहरूले बताएका छन्। प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुङ्गामुढा पनि गरेका छन्।
मंगलबार राति राजगढमा प्रहरीले चलाएको गोली लागेर ४० वर्षीय लालु यादवको मृत्यु भएको थियो। घटना कसरी भयो भन्नेबारे विस्तृत अनुसन्धान हुनुपर्ने माग प्रदर्शनकारीहरूले राखेका छन्।