२०८३ मंसिर ११ गते, शुक्रबार ३:३५

स्वास्थ्य मन्त्रालयद्वारा संघीय अस्पतालमा डिजिटल पेमेन्ट लागू गर्ने निर्देशन

काठमाडौँ –

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको पहलमा देशका सबै संघीय अस्पतालमा डिजिटल भुक्तानी सुविधा सुरु हुने भएको छ।

मन्त्रालयले बुधबार सबै संघीय अस्पताल तथा प्रतिष्ठानलाई अनलाइन र क्यूआर कोडमार्फत बिल भुक्तानी गर्न निर्देशन दिएको छ। यो कदम अस्पतालमा हुने भीड व्यवस्थापन र सेवा सुगम बनाउनको लागि नौ बुँदे सुधार योजनाको एक हिस्सा हो।

मन्त्री पौडेलले नागरिकलाई टिकट लिने र भुक्तानी गर्ने क्रममा कम सास्ती र भीड कम गर्न विशेष निर्देशन दिएका थिए। यसअन्तर्गत डिजिटल भुक्तानीलाई अघि बढाउने निर्णय गरिएको मन्त्रालयको सचिवालयले जानकारी दिएको छ।

गुणस्तर मापन तथा नियमन महाशाखाले यस निर्देशनको अनुगमन कडाइका साथ गर्ने तयारी गरेको छ भने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले अस्पतालहरूले डिजिटल भुक्तानी सुविधा पालन नगरे कडा कारबाही हुने जनाए।

यसले अस्पताल सेवामा पारदर्शिता र सुविधा वृद्धि हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

प्रहरी प्रशासनको मौनताले मितेरी पुल क्षेत्रमा अव्यवस्थित पार्किङ र कथित अवैध असुलीलाई प्रश्रय

वीरगन्ज- वीरगन्जको सीमाक्षेत्रमा रकम असुलीको विवादले तीनपाङ्ग्रे सवारीसाधनको व्यवस्थापनमा चुनौती

प्रहरी प्रशासनको मौनताले मितेरी पुल क्षेत्रमा अव्यवस्थित पार्किङ र कथित अवैध असुलीलाई प्रश्रय

वीरगन्ज- वीरगन्जको सीमाक्षेत्रमा रकम असुलीको विवादले तीनपाङ्ग्रे सवारीसाधनको व्यवस्थापनमा चुनौती

पोडकास्ट सुन्नुहोस