२०८२ श्रावण २१ गते, बुधबार २०:२७

रक्सौल-गणेश/शंकर

बिहार–नेपाल सीमास्थित रक्सौल नगर परिषदकी अध्यक्ष धुरपति देवीलाई भ्रष्टाचारको आरोपमा विभागले बर्खास्त गरेको छ।

उपस्कर खरिद र कर्मचारी बहालीमा विभागीय अनदेखी भएको आरोप लागेपछि नगर परिषद उपाध्यक्ष पुष्प देवीको निवेदनमा सो विभागीय कारबाही गरिएको हो।

धुरपति देवी महागठबन्धनका उम्मेदवार तथा राजद नेता सुरेश यादवकी आमा हुन्। आम नागरिकको मतबाट रक्सौल नगर परिषदको अध्यक्षमा निर्वाचित धुरपति देवीविरुद्ध दर्ता उजुरीको आधारमा कारबाही अघि बढाइएको हो।

विभागीय कारबाहीपछि परिषद सञ्चालनका लागि वैकल्पिक व्यवस्था गर्ने तयारी भइरहेको जनाइएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस