२०८२ श्रावण २२ गते, बिहीबार ०९:२८

वीरगन्ज  —

वीरगन्ज महानगरपालिका–१३ स्थित चिनीमिल आवास क्षेत्रभित्र रहेको पशुपतिनाथ मन्दिरका दानपेटी चोरी भएको भन्ने हल्ला निराधार भएको मन्दिर व्यवस्थापन समितिले स्पष्ट पारेको छ।

मन्दिर समितिका उपाध्यक्ष सशील पटेलका अनुसार, शनिबार राति चारवटा दानपेटीमा राखिएको रकम पानीले भिजेकाले त्यसको सुरक्षाका लागि ताला खोलिएको हो। “रकम सुरक्षित थियो, तर लगातारको वर्षाका कारण दानपेटी भिजेपछि ताला खोलेर रकम सुकाउने काम भएको मात्र हो,” उपाध्यक्ष पटेलले जानकारी दिए।

उनले दानपेटी खोल्ने कार्य समितिकै निगरानीमा, विधिपूर्वक र पारदर्शी रूपमा गरिएको बताए। “ताला तोडिएको हो भन्ने भ्रम फैलिएको छ, तर वास्तविकता त्यो होइन,” पटेलले भने, “वर्षात्ले रकम भिजेकाले त्यसलाई नाट्य घाममा सुकाएर गणना गरी सार्वजनिक गर्ने प्रक्रिया अगाडि बढाइएको हो।”

समितिका अनुसार हाल नगद रकमको सही हिसाब गणना गर्ने कार्य भइरहेको छ। यतिबेला केही गलत प्रचारप्रसार भएका कारण आममानिसमा भ्रम फैलिएको र त्यसप्रति समिति गम्भीर रहेको समितिले जनाएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस