वीरगन्ज—
पर्सा जिल्ला वीरगन्ज महानगरपालिका–७, रेशमकोठी टोल निवासी ४५ वर्षीया ममता शर्मा २५ गते आइतवार दिउँसो करीब २ बजेदेखि बेपत्ता भएकी छन्। घरबाट निस्किएपछि उनी अहिलेसम्म सम्पर्कमा आएकी छैनन्।
उनका पति उमा शंकर शर्माले जिल्ला प्रहरी कार्यालय पर्सामा दिएको निवेदनअनुसार, ममता शर्माले घर छोड्नेबेला कुनै जानकारी नदिएकी थिइन्।आफुले उनलाई विभिन्न नम्बरबाट फोन सम्पर्क गरे पनि पछिल्ला तीन दिनदेखि सम्पर्क हुन सकेको छैन।
“विभिन्न नम्बरबाट फोन गरेकी थिइन्, तर पछिल्ला तीन दिनदेखि सम्पर्क हुन सकेको छैन,” निवेदनमा उद्धृत गर्दै उमा शंकरले बताएका छन्। उनका अनुसार, बेपत्ता ममता शर्माले प्रयोग गर्ने सम्भावित सम्पर्क नम्बरहरू ९८४५२६५२५२ र ९८०४२६४९२८ हुन्।
परिवारिक स्रोतका अनुसार, घटना हुनुभन्दा एक दिनअघि घरमा सामान्य विवाद भएको थियो। त्यसपश्चात ममता शर्माले आफ्नो ह्वाट्सएप प्रोफाइलमा ‘मैया मै आरही हुँ’ लेखेर राखेकी थिइन् र त्यसयता सम्पर्कविहीन भएकी हुन्। “हामीले प्रहरीमा निवेदन दिइसकेका छौं, खोजतलासको लागि सहयोग चाहिन्छ,” परिवारजनले बताएका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साले घटनाको पुष्टि गर्दै प्रारम्भिक अनुसन्धान सुरु गरेको जनाएको छ। “निवेदन प्राप्त भएको छ, खोजी कार्य भइरहेको छ,” प्रहरी स्रोतले प्रतिक्रिया दिएको छ।
परिवारले ममता शर्माबारे कुनै जानकारी पाउने जो–कसैलाई तत्काल नजिकको प्रहरी कार्यालय वा परिवारसँग सम्पर्क गर्न आग्रह गरेका छन्।