२०८२ श्रावण २९ गते, बिहीबार १५:३९

काठमाडौँ —

नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ।

पूर्व उपप्रधानमन्त्री समेत रहेका यी दुई नेताबीचको भेट आज श्रेष्ठको हात्तीवनस्थित निवासमा भएको हो। श्रेष्ठको सचिवालयका अनुसार भेटमा वर्तमान राजनीतिक परिस्थिति, संघीय लोकतान्त्रिक गणतन्त्रको संरक्षण र समाजवादउन्मुख समावेशी लोकतन्त्रका लागि आवश्यक कार्यबारे विस्तृत छलफल गरिएको छ।

दुवै नेताले लोकतान्त्रिक उपलब्धिको रक्षा गर्दै समृद्ध नेपालमार्फत समाजवादको दिशामा अघि बढ्नुपर्ने विषयमा समेत विचार–विमर्श गरेका छन्।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस