♠ समाचार सारांश | ♠ एआईबाट जेनरेटेड |
|
वीरगन्ज-
मुलुकमा राजनीतिक परिवर्तन भएपनि सोबाट उत्र्षजित अस्थिरताको फइदा उठाउदै विदेशी नागरिकहरुले झुठा प्रमाणका आधारमा नेपालको नागरिकता लिंने गरेको तथ्यहरु प्रकासमा आएका छन् । २०४६ साल होस वा ०६२-०६३को राजनीतिक परिर्वतन दुवै परिर्वतनबाट उत्र्षजिक अस्थिताको फाइदा उठाउदै खास गरी सिमावती क्षेत्रमा भारतीय नागरिकहरुले झुठा प्रमाणका आधारमा नेपालको नागरिकता लिंदै आएका छन ।
०६२-०६३ पछि भारतीयहरुले प्राप्त गरेको नेपाली नागरितालाई तराईको आमबोलचालको भाषामा तिरसठिया नागरिक भन्ने गरिन्छ भने, ०४६ सालपछि झुठा विवरण पेशगरी नागरिकता हात पार्न सफल भएका विदेशी नागरिकका विषयमा खासै चार्च नहुने गरेको पाइएको छ ।
तिरसठियाका विषयमा देशभरीका प्रतिस्ठित अकवार तथा टेलिभिजनहरुले पटक पटक समाचार समाग्री प्रकासन गरेको पाइन छ भने, ०४६को परिर्वतनपछि चोर बाटोबाट नेपाल भित्रीएका विदेशीका विषयमा खासै चर्चा नहुने गरेको पाइएको छ । तर झुठा प्रमाणका आधारमा आफनै भिनाजुलाई पिता बनाई २०४७ सालमै बंशजको नाताले नेपालको नागरिकता भारतीय नागरिकले प्राप्त गरेको तथ्य गोप्य खबरलाई हात परेको छ ।
भारत विहारको पूर्वी चम्पारण रक्सौलनको इशलामपुर निवासी महम्मद सतार शेषले रकमी चलखेल गरी झुठा प्रमाणका आधारमा २०४७ सालमै बंशजको नाताले नेपालको नागकिता हासिल गरेका छन् ।
रक्सौलको वडा नं. ८ इशलामपुरको घर नं. ३६मा जन्मिएका सतार शेषले वीरगन्जको वडा नं. २ छपैया निवासी नातामा दिदी र भिनाजु पर्ने शेष सकिना र शेष हनिफको छोरा भएको नक्कली प्रमाण खडा गरी २०४७ साल भदौं ६ गते बंशजको नाताले नागरिकता हात पार्न सफल भएका थिए ।
झुठा प्रमाणका आधारमा वडा नं. २ छपकैयाबाट १६०३१९३१६ नम्बरको नागरिकता पाउन सफल भएका सतार शेष सो लगतै छपकैया कै वडा नं। १मा सराई बसाइ गरेका थिए ।
बंशजको नाताले नेपालको नागरिकता हात पार्न सफल भएका शेष दोहरो नागरिक भएको तथ्याहरु भेटिएका छन् । भारत सरकारको निर्वाचन आयोगले सान २०२५जुलाई १७ तारिखमा सार्वजनिक गरेको मतदाता सुचीमा सतार शेष इशसालमपुरको घर नं.३६मा ZBH0 ३४१३९६ नम्बरका मतदाता रहेका छन् ।
सिमाक्षेत्रमा बसी झुठा प्रमाणका आधारमा दोहरो नागरिकता भोग गर्दै आएका महम्मद सतार शेषले आफु मात्र नभई उनकी श्रीमती आबरा बेगम, छोरा महम्मद शेष अवसार र शेष नेसारले समेत दोहरो नगरिकता भोग गरेको तथ्य भेटिएको छ ।
भारतको निर्वाचन आयोगले २०२५ जुलाई १७ तारेखमा सार्वजनिक गरेको मतदाता सुचीमा आबरा बेगमको मतदाता नं.ZBH0३४१३४७ रहेको छ भने उनका दुवै छोरा, अबसारको मतदाता नं.ZBH0६९३७४७ र नेसारको मतदाता नं.ZBH0३४१३७० रहेको छ ।
दोहरो नागरिकताको फइदा उठादै दुवै तर्फका सरकारलाई ढाँटदै आएका सतार शेष पोल पट्टी खुलेपछि अहिले पर्सा प्रहरीको फन्दामा परेका छन् । पाप धुरीबाट कराउछ भन्ने उखान सतारको जिवनसंग ठ्याक्कै मेल खाएको छ । विगत ३५ वर्ष देखि दोहरो नागरिकताको फाइदा उठादै आएका सतार पछिलो समय समान्य लेनदेनको मुद्दामा जिल्ला प्रहरी कार्यालयमा थुनीपछि उनी दोहरो नागरिक भएको तथ्या समेत सतहमा आएको हो ।
लेनदेनको विषयमा छलफल गर्न जिल्ला प्रहरी कार्यालय आएका सतार शेष दोहरो नागरिक भएको खुलेपछि उनलाई नियन्त्रणमा लिई आवस्यक अनुसन्धान सुरु गरिएको पर्साका प्रहरी उपरिक्षक (एस.पी) गौतम मिश्राले जानकारी दिनुभयो। उहाँले प्रहरी नियन्त्रणमा रहेका सतार शेष मात्र नभई उकी श्रीमती र दुवै सन्तान समेत दोहरो नागरिक भएका तथ्याहरु प्रकासमा आएपछि उनिहरुको खोजीमा समेत प्रहरी परिचालन गरिएको बताउनुभयो।
वीरगन्ज महानगरपालिकाको वडा नं. १ छपकैया स्थित सतार शेषको निवासमा प्रहरीलाई पठाउदा, उनका परिवारको कोहिपनि सदस्य घरमा नरहेको, घर छाडी फरार भएको एसपी गौतमले जानकारी दिनुभयो । पक्राउ परेको सतारलाई सरकारी कागज किर्ते मुद्दामा पर्सा जिल्ला अदालतबाट म्याद बुझी आवस्यक अनुसन्धालाई अगाडी बढाएको उहाँले बताउनुभयो
झुठा प्रमाणका आधारमा नेपालको नागरिकता लिएका ७७ जना भन्दा बढीको अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय पर्साले फाइल पठाएको एसपी गौतमले जानकारी दिनुभयो। उजुरी परेका मध्य अधिकान्स फरार रहेका छन भने, सम्पर्कमा रहेकाहरु माथि अनुसन्धान भइरहेको उहाँले बताउनुभयो