२०८२ श्रावण २९ गते, बिहीबार १३:३५

वीरगन्ज —

पर्सा जिल्ला, वीरगन्ज महानगरपालिका–७ रेशमकोठी टोल निवासी ४५ वर्षीया ममता शर्मा आइतवार दिउँसोदेखि बेपत्ता भएको तीन दिनपछि भारत–नेपाल सीमावर्ती सहर रक्सौलमा भेटिएकी छन्।

परिवारिक स्रोतका अनुसार, घरमा छोरा–बुहारीसँग सामान्य विवाद भएपछि रिसाएर सम्पर्कविहीन बनेकी ममता शर्मा रक्सौलस्थित आफ्नै एक साथीको घरमा फेला परेकी हुन्।

गोप्यखबरमा प्रकाशित समाचार र त्यसपछि विभिन्न व्यक्तिले सामाजिक सञ्जालमा सेयर गरेको सूचनाको आधारमा उनको अवस्थाबारे थाहा पाइएको हो। “समाचार सेयर गरेर खोजीमा सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहन्छौं,” परिवारजनले प्रतिक्रिया दिएका छन्।

हाल ममता शर्मा छोराबुहारीसँग बस्न इच्छुक नरहेको परिवार स्रोतले जनाएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस