२०८२ श्रावण २८ गते, बुधबार २०:२५

काठमान्डौं-

नेकपा (एकीकृत समाजवादी)का सांसद अम्मरबहादुर थापाले भ्रष्टाचार निवारण विधेयकको खोजि गर्नुभएको छ ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद थापाले भ्रष्टाचार निवारणसम्बन्धी विधेयक कहाँ छ भन्दै प्रश्न गर्नुभएको हो ? उहाँले विधेयकको हालको अवस्थाबारे संसदलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण समेत गराउनु भयो । उहाँले भ्रष्टाचार नियन्त्रण गर्ने कानूनलाई लुकाएर राख्न नहुने भन्दै तत्काल अघि बढाउन माग गर्नुभयो ।

रष्ट्रिय सभाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो सशोधन) विधेयक २०७९ र भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक २०७९ लाई सर्वसम्मतिले पारित भएको गरिएको थियो । समय समयमा सांसदहरुले यी विधेयकहरु सरकारले थन्क्याएर राखेको भन्दै प्रश्न उठाउने गरेका छन् ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस