२०८२ श्रावण २९ गते, बिहीबार १२:४६

वीरगन्ज-

वीरगन्ज डाक्टर्स सोसाइटीले सोमबार साँझ नगर सभागृहमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले पढेलेखेका भन्दा कम पढेका व्यक्तिहरू शासनमा पुगेका कारण बिचौलियाको प्रभाव बढेको बताए। “प्रधानमन्त्री आठ कक्षा पास, अर्थमन्त्री दश कक्षा पास र शिक्षामन्त्री १२ कक्षा पास छन्, अनि चिकित्सकहरू उनीहरूको मातहतमा काम गर्न बाध्य छन्,” उनले भने।

डा. सिंहका अनुसार राज्यका अधिकांश निकायमा चोर, फटाहा, तस्कर र पैसावालाको पहुँच बढ्दै गएकाले आम नागरिकका जायज आवाज सुन्ने प्रवृत्ति हराउँदै गएको छ। उनले पैसा दिनेहरूको ‘सेटिङ’ चल्ने र कुकृत्यमा पर्दा लगाउने संस्कार बढेको आरोप पनि लगाए।

स्वास्थ्य क्षेत्रमा पनि विकृति मौलाएको उल्लेख गर्दै उनले मेडिकल काउन्सिलले वार्षिक रूपमा कारबाहीको संख्या बढाएसँगै दक्ष जनशक्ति विदेशिने क्रम बढेको बताए।

मधेसमा सामाजिक र धार्मिक संस्कारका नाममा हुने फजुल खर्चबारे पनि उनले चिन्ता व्यक्त गरे। जन्मदेखि मृत्युका अवसरमा हुने भोजभतेरले मानिसहरू ऋणको चपेटामा परिरहेको र यसलाई व्यवस्थापन गर्नुपर्नेमा उनले जोड दिए। “छठिहार, जन्मदिन, वर्तबन्ध, विवाह, मरण — सबैमा ठूलो भोज गर्नु सामाजिक प्रतिस्पर्धा बनेको छ,” उनले भने, “यो प्रवृत्ति नियन्त्रण भए मधेसवासीको आर्थिक समस्या घट्न सक्छ।”

अन्तर्क्रियामा नेपाल चिकित्सक सङ्घ पर्साका अध्यक्ष डा. मनोज गुप्ता, डा. श्यामसुन्दर दासलगायतको सहभागिता थियो। कार्यक्रमको सहजीकरण डा. उदयनारायण सिंहले गरेका थिए।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस