२०८२ आश्विन २० गते, सोमबार १५:५६

पर्सामा घरेलु हिंसाभन्दा सम्बन्धविच्छेदका मुद्दा बढी

पर्सा –

पर्सामा गत आर्थिक वर्षमा घरेलु हिंसासम्बन्धी मुद्दाभन्दा सम्बन्धविच्छेदका मुद्दा बढी दर्ता भएका पाइएको छ। जिल्ला अदालत पर्साका अनुसार गत आवमा तीन सय ४३ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका थिए।

तीमध्ये दुई सय ६४ मुद्दा फछ्र्योट भएका छन् भने ७९ मुद्दा अझ फछ्र्योट हुन बाँकी छन्। जिल्ला अदालतका न्यायाधीश नन्दकिशोरप्रसाद यादवका अनुसार घरेलु हिंसाका मुद्दा स्थानीय तहको न्यायिक समिति र प्रहरीलगायत निकायमा मेलमिलाप हुने भएकाले अदालतमा दर्ता हुने दर कम छ भने सम्बन्धविच्छेदका मुद्दा भने बढ्दो अवस्थामा छन्। वैदेशिक रोजगारीलाई पनि सम्बन्धविच्छेदको प्रमुख कारणका रूपमा देखाइएको छ।

गत आवमा पर्सामा ९५ वटा घरेलु हिंसासम्बन्धी मुद्दा दर्ता भएका थिए, जसमा ५३ मुद्दा फछ्र्योट भए भने ४२ अझ बाँकी छन्। यस्तै, जबर्जस्ती करणीका ९८ मुद्दामध्ये ५६ फछ्र्योट भएका र ४२ मुद्दा बाँकी रहेको अदालतले जनाएको छ।

पोडकास्ट सुन्नुहोस