२०८२ श्रावण २९ गते, बिहीबार २३:४५

काठमाडौं –

प्रेस काउन्सिल नेपालले गत आर्थिक वर्ष २०८१/८२ मा देशभर प्रेस स्वतन्त्रता हननका ९४ घटना दर्ता भएको जनाएको छ। काउन्सिलमा दर्ता भएका निवेदन र नियमित अनुगमनका आधारमा यो तथ्याङ्क सार्वजनिक गरिएको हो।

वि.सं. २०८१ साउन १ देखि २०८२ असार ३२ गतेसम्मको अवधिमा सबैभन्दा धेरै बाग्मती प्रदेशमा ३८ घटना भएका छन्। मधेस प्रदेशमा २५, सुदूरपश्चिम र कोशीमा आठ–आठ, कर्णालीमा सात, गण्डकीमा चार, लुम्बिनीमा तीन र देश बाहिर एक घटना दर्ता भएको छ।

लैङ्गिक आधारमा हेर्दा यस अवधिमा ९६ पुरुष र १० महिला गरी १०६ जना पत्रकार पीडित भएका पाइएको छ। काउन्सिलका अनुसार समीक्षा अवधिमा प्रेस स्वतन्त्रता दुरुपयोगका पनि नौ घटना दर्ता भएका छन्, जसमा बाग्मतीमा चार, मधेसमा तीन र कर्णालीमा दुई घटना रहेका छन्।

गत आर्थिक वर्ष २०८१/८२ मा प्रेस स्वतन्त्रता हननका घटना

प्रदेश घटनाको संख्या पीडित पत्रकार (पुरुष) पीडित पत्रकार (महिला) कुल पीडित पत्रकार
बाग्मती ३८
मधेस २५
सुदूरपश्चिम
कोशी
कर्णाली
गण्डकी
लुम्बिनी
देश बाहिर
कुल ९४ ९६ १० १०६

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस