काठमाडौं-
प्रधानमन्त्री केपी शर्मा ओलीले बहुविवाहलाई कुनैपनि हालतमा मान्यता प्रदान नगरिने बताउनुभएको छ ।
बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सामाजिक जागरण, सामाजिक न्याय, महिलाका अधिकार लढेर आएका पार्टीहरुको सरकारले बहुविवाहलाई मान्यता दिनेगरी कानून ल्याउन नसक्ने बताउनु भयो । यसबारे सरकारलाई नै जानकारी नरहेको भन्दै यो कुनैपनि हालतमा अस्वीकार्य हुने बताउनु भयो ।
प्रधानमन्त्री ओलीले एकतावद्ध भएर देशमा सुशासन र विकासको गतिलाई अघि बढाउन लाग्नुपर्ने बेला रहेको बताउनु भयो ।