२०८२ श्रावण २८ गते, बुधबार १७:००

काठमाडौं-

राष्ट्रिय प्रजातन्त्र पार्टीको राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन काठमाडौं जिल्ला अधिवेशन स्थगित भएको छ ।

बुधवार काठमाडौंस्थित एक होटलमा अधिवेशन हुने कार्यक्रम थियो । संस्थापन पक्ष र संस्थापन इतर पक्षबीच नाराबाजी हुन थालेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले अधिवेशन स्थगित भएको घोषणा गर्नुभयो । अध्यक्ष लिङदेन पनि कार्यक्रममा सहभागी हुन पुग्नुभएको थियो तर अधिवेशन हुने स्थिति नबनेपछि घटनाको छानविनपछि मात्रै अधिवेशन हुने घोषणा गर्नुभयो । अधिवेशन हुन नदिने र बाहुबल प्रयोग गर्ने प्रयासलाई टुलुटुलु हेरेर नबस्ने चेतावनी दिनुभयो ।

अध्यक्ष लिङदेनले युवाहरु पार्टीको उत्तराधिकारी भएकाले सोही आचरणअनुसार काम गर्न पनि निर्देशन दिनुभयो ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस