२०८३ बैशाख १ गते, मंगलवार ००:३३

पर्सामा अनुदानको मल कालोबजारी, दुईजनाबाट ठूलो परिमाणमा बरामद

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • पर्सामा संयुक्त अनुगमन टोलीले सखुवा प्रसौनी–२ कटैयामा अनुदानको मल कालोबजारीको छापामारीमा ठूलो परिमाणमा मल बरामद गर्‍यो।
  • युनुस अंसारीको घरबाट म्ब्ए २६ बोरा र पोटास २४ बोरा, तथा साह महमद अंसारीको घरबाट म्ब्ए ९ बोरा, पोटास १८ बोरा र फास्फेट ११४ बोरा बरामद भयो।
  • बरामद मल किसानलाई अनुदानमा दिने भए पनि बढी मूल्यमा बिक्रीका लागि भण्डारण गरिएको थियो, पसल सञ्चालक फरार छन् र कानूनी कारबाही प्रक्रिया सुरु भएको छ।

पर्सा –

जिल्ला प्रशासन कार्यालय पर्सा, कृषि सामग्री कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ र जिल्ला प्रहरी कार्यालयको संयुक्त अनुगमन टोलीले ठूलो परिमाणमा अनुदानको मल कालोबजारी गरिरहेको अवस्थामा दुई जनाबाट मल बरामद गरेको छ।

सखुवा प्रसौनी गाउँपालिका–२ कटैयामा प्राप्त सूचनाको आधारमा गरिएको छापामारीमा युनुस अंसारीको घरबाट DAP २६ बोरा र पोटास २४ बोरा गरी जम्मा ५० बोरा मल बरामद गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।

यस्तै,सह–महमद मलखाद भण्डारका सञ्चालक साह महमद अंसारीको घरमा लुकाइ राखिएको DAP ९ बोरा, पोटास १८ बोरा र फास्फेट ११४ बोरा समेत नियन्त्रणमा लिइएको छ। प्रशासनका अनुसार नेपाल सरकारले किसानलाई अनुदानमा उपलब्ध गराउँदै आएको मल बढी मूल्यमा बिक्री गर्ने उद्देश्यले भण्डारण गरिएको हो।

छापामारीका क्रममा पसल सञ्चालक फरार भएका थिए भने आवश्यक कानूनी कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयले प्रक्रिया अघि बढाएको जनाएको छ।

पोडकास्ट सुन्नुहोस