२०८२ पुष २४ गते, बिहीबार ०३:२६

मनोहरामा बस्ती हटाउन खोज्दा झडप, केही नगर प्रहरी घाइते

काठमाडौँ-

काठमाडौँको मनोहरा क्षेत्रमा सुकुम्वासी बस्ती हटाउने क्रममा आज तनावपूर्ण स्थिति सिर्जना भएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौँ महानगरपालिकाले सरकारी जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउन डोजर चलाएपछि बस्तीका बासिन्दाले ढुंगामुढा गरेका छन्, जसबाट केही नगर प्रहरी घाइते भएका छन्।

नगर प्रहरी उपरीक्षक दिनेश अर्यालका अनुसार बस्ती हटाउनुअघि पटक–पटक सूचना दिइए पनि अटेर भएपछि बल प्रयोग गर्नुपरेको हो। “सरकारी जग्गा अतिक्रमण गरी बनेका घर टहरा हटाउन खोज्दा झडपको अवस्था उत्पन्न भयो,” उनले बताए।

महानगरले डोजर प्रयोग गरी करिब २० देखि २५ वटा घर र टहरा भत्काइसकेको छ। अहिले पनि क्षेत्र तनावग्रस्त रहँदा स्थिति नियन्त्रणमा लिन थप सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ।

नेशनल मेडिकल कलेजमा डीन प्रा.डा. शर्मा र क्याम्पस प्रमुख प्रा.डा. उप्रेती सम्मानित; नवनिर्मित कन्फरेन्स हलको उद्घाटन

वीरगन्ज- वीरगन्जस्थित नेशनल मेडिकल कलेजले त्रिभुवन विश्वविद्यालय, शिक्षण संस्थान (IOM)

पोडकास्ट सुन्नुहोस