२०८२ श्रावण ३० गते, शुक्रबार १७:४४

काठमाडौं–

अस्ट्रेलियाको उत्तरी सहर डार्बिनमा जारी टप एन्ड टी–२० प्रतियोगितामा नेपाल पहिलो खेलमा स्थानीय टोली नर्दन टेरिटोरी स्ट्राइकरसँग ४२ रनले पराजित भएको छ।

टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३५ रन मात्रै बनाउन सक्यो। नर्दनले दिएको १७८ रनको चुनौती पूरा गर्न नेपाली ब्याट्सम्यान संघर्षरत देखिए। नेपालका लागि कुशल मल्लले सर्वाधिक ३४ रन बनाए। गुल्शन झाले २६, कप्तान रोहित पौडेलले २३, दीपेन्द्र सिंह ऐरीले १९ र आशिफ शेखले ११ रन बनाए। अन्य खेलाडीहरूले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालका लागि बलिङमा सन्दीप लामिछानेले ३ विकेट लिए भने सहाब आलमले २ विकेट लिए। रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी र रुपेश सिंहले एक–एक विकेट लिए।

नेपालको समूहमा पाकिस्तान ‘ए’, बंगलादेश ‘ए’ र अमेरिकाको माइनर लिग विजेता सिकागो किंग्सम्यान रहेका छन्। नेपालले भोलि बंगलादेशसँग खेल्नेछ।

प्रतियोगिता दुई समूहमा विभाजित छ, समूह चरणमा नेपालले ६ खेल खेल्नेछ। लिग चरणमा शीर्ष चार टोलीबीच सेमिफाइनल भिडन्त हुनेछ। नेपालले तेस्रो खेल सोमबार मेलबर्न स्टार्सविरुद्ध र मंगलबार होबार्ट हुरिकेन्ससँग खेल्नेछ। बुधबार मेलबर्न रेनेगेड्स र समूह चरणको अन्तिम खेल शुक्रबार पाकिस्तान साइन्सविरुद्ध हुनेछ।

यस प्रतियोगितापछि नेपाल अक्टोबरमा आईसीसी टी–२० विश्वकप एसिया तथा ईस्ट एसिया प्यासिफिक छनोटमा सहभागी हुनेछ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस