२०८२ श्रावण ३१ गते, शनिबार १८:२४

काठमाडौं –

कारागार व्यवस्थापन विभागले सहकारी ठगी मुद्दामा रुपन्देही कारागारमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई नक्खु कारागार सार्ने निर्णय गरेको छ।

विभागका सूचना अधिकारी सन्देशप्रसाद जोशीका अनुसार, कारागार सरुवाका लागि निवेदन दिएका लामिछानेलाई आजै नक्खु कारागार ल्याउने निर्णय गरिएको हो। उक्त निर्णयको पत्र रुपन्देही कारागारमा पठाइसकिएको र सुरक्षाको आवश्यक प्रबन्ध मिलाएर सकेसम्म चाँडै सरुवा प्रक्रिया पूरा गर्ने तयारी भइरहेको उनले बताए।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस