काठमाडौं-
नेपाली काँग्रेसका सांसद डा. शेखर कोईरालाले सत्ता साझेदार दल नेकपा एमालेमाथि ‘जहाँ खाली जग्गा त्यहाँ एमाले’भन्दै टिप्पणी गर्नुभएको छ ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले अहिले भूमि सम्बन्धी आएको विधेयकमा काँग्रेस सांसदहरुले संशोधन राख्दा समेत त्यसमाथि छलफल गर्न नदिइएको आरोप लगाउनु भयो । खालि जग्गामा एमालेको आँखा गइहाल्ने उहाँको कटाक्ष छ । गोकर्ण रिसोर्ट, राजा वीरेन्द्रको सम्पती, पोखराको लिचीबारी, गिरिबन्धु टिस्टेटमा एमालेले आँखा गाडेर बसिरहेको बताउनु भयो । सांसदले नै विचौलियाको काम गरेपछि देश कता पुग्छ ? भन्दै प्रश्न गर्नुभयो ।
सांसद कोईरालाले सरकार निरंकुशतातर्फ उन्मुख रहेको आरोप लगाउनु भयो ।