२०८२ श्रावण ३१ गते, शनिबार १८:५९

वीरगन्ज –

मानवसेवा आश्रम वीरगन्ज शाखाले  शुक्रबार राति ९:३० बजे, बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं. २, वन कार्यालयको ठिक अगाडि मानसिक अवस्था कमजोर भएको करिब ४० वर्षीय पुरुष उद्धार गरी आश्रममा ल्याएको छ। उक्त व्यक्तिले आफ्नो नाम र ठेगाना प्रष्ट गर्न सकेका थिएनन्।

आश्रममा लगिएकापछि उहाँको सरसफाई नुहाइ–धुहाइ गरियो र डा. भरत गोईको निगरानीमा औषधि उपचार सुरु गरिएको छ।

उद्धारमा मानवसेवा आश्रम वीरगन्जका संस्थापक अभियन्ता देवेश गुप्ता, अभिभावक तथा सामाजिक अभियन्ता प्रकाश थारु, आश्रम संयोजक मुना मगर, पर्साबाट खटिएको प्रहरी जवान नागेश्वर यादव, इलाका प्रहरी कार्यालय सिमराका प्रहरी सहायक हवल्दार अरविन्द कुमार दास साथै स्थानीय व्यक्तित्वहरूको उपस्थिती रहेको थियो।

मानवसेवा आश्रमले समयमै उद्धार गरी उपचार प्रक्रिया सुरु गरेसँगै उक्त व्यक्तिको स्वास्थ्य सुधारमा सहयोग पुगेको आशा गरिएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस