२०८२ चैत्र ९ गते, सोमबार ०५:३९

रास्वपा सभापति रवि लामिछाने नख्खु कारागारमा स्थानान्तरण

काठमाडौँ –

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई शनिवार रुपन्देही जिल्ला कारागारबाट काठमाडौँ ल्याएर नख्खु कारागारमा स्थानान्तरण गरिएको छ।

विमानस्थलमा बाक्लो सुरक्षा घेराबीच लामिछानेलाई प्रहरीको भ्यानमा राखेर सोझै कारागार लगिएको थियो। बुद्ध एयरको विमानमार्फत उनलाई काठमाडौँ ल्याइएको भए पनि दिउँसो ३ बजेको उडान मौसमका कारण ढिलाइ भएको थियो।

स्थानान्तरणको क्रममा विमानस्थलमा भेला भएका कार्यकर्ता र सञ्चारकर्मीलाई सम्बोधन गर्न अनुमति नदिइएको थियो। लामिछाने सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि चैत २५ गतेदेखि रूपन्देही कारागारमा थुनामा रहेका थिए।

उक्त स्थानान्तरणपछि उनलाई ललितपुरस्थित नख्खु कारागारमा राखिएको छ।

पोखरा विमानस्थल निर्माणमा ४६ करोड भ्रष्टाचार: पूर्वसचिव र तीन पूर्वमहानिर्देशकसहित २१ जनाविरुद्ध मुद्दा दायर

पोखरा- पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा ४६ करोड १५

पोखरा विमानस्थल निर्माणमा ४६ करोड भ्रष्टाचार: पूर्वसचिव र तीन पूर्वमहानिर्देशकसहित २१ जनाविरुद्ध मुद्दा दायर

पोखरा- पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा ४६ करोड १५

पोडकास्ट सुन्नुहोस