२०८२ पुष २४ गते, बिहीबार ०३:४७

बङ्गलादेश ‘ए’ ले नेपाललाई १८४ रनको लक्ष्य दियो, पहिलो जितको खोजीमा नेपाली टोली

काठमाडौँ-

स्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी ‘टप एण्ड टी–२०’ सिरिजअन्तर्गत आजको खेलमा बङ्गलादेश ‘ए’ टोलीले नेपाललाई जितका लागि १८४ रनको लक्ष्य दिएको छ।

टस जितेर पहिला ब्याटिङ रोजेको बङ्गलादेश ‘ए’ले निर्धारित २० ओभरमा छ विकेट गुमाएर १८३ रन बनाएको हो। टोलीका लागि ओपनर जिशाद आलमले ७१ रन बनाएका छन् भने अफिफ होसेनले अविजित ४८ रन जोडेका छन्।

नेपालका लागि रिजन ढकालले दुई विकेट लिए भने नन्दन यादव, करण केसी र सन्दीप लामिछानेले समान एक/एक विकेट लिए।

नेपाल आज पहिलो जितको खोजीमा छ। यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो।

नेशनल मेडिकल कलेजमा डीन प्रा.डा. शर्मा र क्याम्पस प्रमुख प्रा.डा. उप्रेती सम्मानित; नवनिर्मित कन्फरेन्स हलको उद्घाटन

वीरगन्ज- वीरगन्जस्थित नेशनल मेडिकल कलेजले त्रिभुवन विश्वविद्यालय, शिक्षण संस्थान (IOM)

पोडकास्ट सुन्नुहोस