२०८२ भाद्र १ गते, आईतवार २०:५०

धनुषा-
सामूहिक बलात्कारको घटनामा संलग्न भएको आरोपमा धनुषाका वकिल प्रमोद कुमार रायलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई शुक्रबार काठमाडौँको तीनकुने क्षेत्रबाट नियन्त्रणमा लिएर शनिबार धनुषा ल्याइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

रायसहित तीन जनाले धनुषाकी एक महिलामाथि १२ माघ २०८१ मा सामूहिक बलात्कार गरेको भन्ने जाहेरी गत सातातिर इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरमा दर्ता भएको थियो । पीडितले कुहिरो लागेको बिहानको मौका छोपी जबर्जस्ती करणी गरिएको उल्लेख गरेकी छन् ।

प्रहरीका अनुसार पीडितले त्यसबेला नै उजुरी दिएको भए पनि दर्ता गरिएको थिएन । तर, उच्च अदालतमार्फत परमादेश आएपछि जाहेरी दर्ता गरिएको हो ।
अहिले रायलाई धनुषा जिल्ला अदालतमा पेस गरी म्याद थप गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस