२०८२ भाद्र ४ गते, बुधबार १७:४४

काठमाडौं-

वत्सालय एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणका लागि मधेश युनाइटेडले नेदरल्यान्ड्सकी रोमी भिनस्ट्रालाई अनुबन्ध गरेको छ । भिनस्ट्रा यस टोलीको पहिलो विदेशी खेलाडी बनेकी छन् ।

१८८ सेमी अग्ली आउटसाइड हिटर भिनस्ट्रा नेदरल्यान्ड्सकी प्रतिभाशाली खेलाडीमध्ये एक मानिन्छिन् । उनले सन् २०२१–२२ सिजनदेखि नेदरल्यान्ड्सकै शीर्ष डिभिजनअन्तर्गतको क्लब सुडोसा–डेस्टो का लागि खेल्दै आएकी छन् । आक्रमण र रक्षा दुवै क्षेत्रमा भरोसायोग्य खेलाडी मानिने उनले सन् २०२४ मा सुडोसा–डेस्टोसँगै युवा राष्ट्रिय च्याम्पियनसिप जितेकी थिइन् ।

भिनस्ट्राको आगमनले टोलीको आत्मबल बढाएको मधेश युनाइटेडले जनाएको छ । अनुबन्धपछि उनले पनि “मधेश युनाइटेडमा आबद्ध हुन पाउँदा निकै खुसी लागेको” प्रतिक्रिया दिएकी छन् ।

मधेश युनाइटेडमा नेपाली खेलाडीहरूमध्ये निरुता ठगुन्ना (मार्की खेलाडी), आरती सुवेदी, कोपिला राणा, सरस्वती कटेल, उषा बिष्ट, बविता बोहोरा, वसन्ती साउद र स्नेहा ठगुन्ना रहेका छन् । टोलीलाई कोपिला उप्रेती ले प्रशिक्षकका रूपमा नेतृत्व गर्नेछिन् । साथै, नीति शाह मधेश युनाइटेडकी ब्रान्ड एम्बेसडर रहेकी छन् ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस