२०८२ भाद्र ४ गते, बुधबार १७:४७

वीरगन्ज –

वीरगन्ज–रक्सौल मितेरी पुलमा सोमबार एक यात्रुमाथि सशस्त्र प्रहरीका जवानले निर्घात कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सत्याग्रह एक्सप्रेस ट्रेन समात्न भारततर्फ जाँदै गरेका पीडित युवकलाई पुलमा सामान जाँचको क्रममा दुर्व्यवहार गरिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

कुटपिटका कारण युवक गम्भीर घाइते भएका थिए र उनको खुट्टा समेत भाँचेको बुझिएको छ। घटना विरोध गर्दा जवान आक्रोशित भएको र लाठी प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन्। पीडितसँगै रहेकी महिलाले समेत रोक्न खोज्दा सुनुवाइ नभएको जनाइएको छ।

घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् र सशस्त्र प्रहरीको गतिविधिविरुद्ध विरोध प्रदर्शन गरेका छन्। भारतीय सीमा क्षेत्रमा पनि असन्तोष बढेको छ र उच्चस्तरीय छानबिन तथा कडा कारबाहीको माग उठेको छ।

पीडितको पहिचान हाल सार्वजनिक भएको छैन, तर यस घटनाले भारत–नेपाल सीमामा यात्रु सुरक्षा र मानवअधिकारको संवेदनशीलता माथि प्रश्न उठाएको छ। यसबारे सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साका गणपति, सशस्त्र प्रहरी उपरीक्षक पूरण चन्द्र भट्टसँग सम्पर्क गर्दा फोन उठाएको थिएन।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस