वीरगन्ज-
गृह मन्त्रालयले एकै पटक २० सहसचिव र २४ उपसचिवसहित विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को ठूलो स्तरमा सरुवा गरेको छ ।
गृहमन्त्री रमेश लेखकको निर्णयअनुसार पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई मन्त्रालयमा सरुवा गरिएको छ । उनको ठाउँमा हाल पाल्पाका प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदी पर्सा आउने भएका छन् ।
त्यस्तै, काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीलाई मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखामा खटाइएको छ । तिवारीको स्थानमा प्रशासन महाशाखा प्रमुख छविलाल रिजाललाई काठमाडौँका नयाँ सीडीओको जिम्मेवारी दिइएको छ ।
यसैगरी, गृह मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखामा कार्यरत जयनारायण आचार्यलाई प्रशासन महाशाखामा सरुवा गरिएको छ ।
मन्त्रालयले सरुवा र जिम्मेवारी तोकिएको सहसचिव तथा उपसचिवहरूको नयाँ पदस्थापन सूची पनि सार्वजनिक गरेको छ ।