२०८२ भाद्र ५ गते, बिहीबार १८:५९

वीरगन्ज-
सरकारविरुद्ध जसपाको आक्रोश सडकमा विस्फोट भएको छ । वीरगन्जमा बिहिवार जनता समाजवादी पार्टी(जसपा) नेपालले विशाल विरोध र्याली निकाली प्रधानमन्त्री ओलि नेतृत्वको सरकारले मधेस र उपेन्द्र यादवलाई कमजोर पार्ने खेल खेलिरहेको भन्दै कडा चेतावनी दिएको छ ।

पर्सा जिल्ला अध्यक्ष रामनरेश यादवको नेतृत्वमा सयौँ नेता–कार्यकर्ता लालबगला चोकबाट नारा लगाउँदै शहर परिक्रमा गर्दै घण्टाघर पुगेका थिए । त्यहाँ कोणसभा गर्दै जसपा नेताहरुले सरकारलाई “विभेदकारी, प्रतिशोधी र मधेसविरोधी” भन्दै प्रहार गरे ।

“देश परमादेशले होइन, जनताको भवनाले चल्छ”

विद्यार्थी नेता साजिर मन्सुरले देश संविधान र जनताको भावनाअनुसार चल्नुपर्ने बताउँदै वर्तमान सरकारलाई सिधै आक्रमण गरे । उनले भने, “राजनीतिक हस्तक्षेप बन्द गर । देश परमादेशले होइन, जनताको भवनाले चल्छ ।”

“१९ वर्ष पुरानो मुद्दा खोलेर यादवलाई कमजोर बनाउने खेल”

महानगर नेता घनश्याम गुप्ताले गौर हत्याकाण्डलाई राजनीतिकरण गरेर उपेन्द्र यादवलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको दाबी गरे । उनले भने, “सरकारको विभेदकारी नीतिको जबाफ सम्पूर्ण मधेसी जनता एकताबद्ध भएर दिनेछन् ।”

“वास्तविक मास्टरमाइन्ड प्रभु साह हुन्”

पूर्वमन्त्री तथा जसपा केन्द्रीय सदस्य करीमा बेगमले गौर घटनामा वास्तविक मास्टरमाइन्ड प्रभु साह भएको दाबी गर्दै उपेन्द्र यादवमाथिको आरोपलाई “राजनीतिक प्रतिशोध” को संज्ञा दिइन् । उनले थपिन्, “भूमि–सम्बन्धी अध्यादेश रोकेकै कारण आज यादवमाथि षड्यन्त्र गरिएको हो ।”

“सरकारलाई चेतावनी – मधेस फेरि जल्छ”

सभा समापन गर्दै जिल्ला अध्यक्ष यादवले उपेन्द्र यादवलाई मधेस र गणतन्त्रको प्रतीकका रुपमा चित्रण गर्दै सरकारलाई तिखो चेतावनी दिए । उनले उद्घोष गरे,
“यदि सरकारले हाम्रो नेताविरुद्ध कुदृष्टि देखायो भने मधेस फेरि एकपटक जल्नेछ । सरकारको गलत चाल कहिल्यै सफल हुने छैन ।”

प्रतिक्रिया

‘पिए नेपाल’ जोडिएको बालबालिकाको अवैध ओसारपसारसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न सांसद भट्टराईको माग

काठमाडौं- नेकपा (एमाले)का सचिव योगेश भट्टराईले बालबालिकाको अवैध ओसारपसारमा ‘पिए

‘पिए नेपाल’ जोडिएको बालबालिकाको अवैध ओसारपसारसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न सांसद भट्टराईको माग

काठमाडौं- नेकपा (एमाले)का सचिव योगेश भट्टराईले बालबालिकाको अवैध ओसारपसारमा ‘पिए

पोडकास्ट सुन्नुहोस