२०८२ भाद्र ६ गते, शुक्रबार १८:०६

वीरगन्ज-
वीरगन्जस्थित नेशनल इन्फोटेक कलेजले आफ्ना विद्यार्थीहरूलाई लक्षित गर्दै प्रेरणादायी कार्यक्रमको सुरुवात गरेको छ ।

कलेजको आयोजनामा होटेल क्लार्क्स रिसोर्टमा कक्षा १२ का विद्यार्थीका लागि आयोजना गरिएको उक्त कार्यक्रममा शिक्षा मात्र नभई विद्यार्थीहरूको व्यक्तित्व विकासमा सहयोग पुग्ने उद्देश्य रहेको कलेजका सञ्चालक मनिष सिंहले बताए । उनका अनुसार यस कार्यक्रमले विद्यार्थीलाई सिकाइसँगै आफुभित्रको प्रतिभा उजागर गर्न प्रेरणा दिनेछ ।

कलेजका अर्का प्रतिनिधि सुधीर पटेलले कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरू संवेदनशील उमेर समूहमा रहेको भन्दै यस चरणमा सही बाटोतर्फ उन्मुख गराउने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको बताए । उनले यसले विद्यार्थीहरूलाई रिफ्रेस गर्ने मात्र नभई सकारात्मक सोच र अनुशासनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा मधेस प्रदेशमै ख्यातिप्राप्त बक्ता सौनक भट्टले सहजीकरण गरेका थिए । कार्यक्रममा कलेजकी काजल सिंह, शिक्षकहरू तथा कक्षा १२ का विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको कलेजले जनाएको छ ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस