२०८२ भाद्र ६ गते, शुक्रबार १९:०४

काठमाडाैं –

अष्ट्रेलियामा जारी टप इन्ड टी–२० क्रिकेट शृंखलाअन्तर्गत शुक्रबार भएको खेलमा नेपाल पाकिस्तान शाहिन्ससँग १ रनले पराजित भएको छ ।

पाकिस्तान शाहिन्सले दिएको १४५ रनको लक्ष्य पच्छ्याउने क्रममा नेपालले निर्धारित ओभरमा ७ विकेटको क्षतिमा १४३ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि कप्तान रोहित पौडेलले ४४ बलमा ५२ रन बनाउँदै सर्वाधिक योगदान दिए भने दीपेन्द्रसिंह ऐरीले २१ बलमा ४४ रनको आक्रामक पारी खेले । त्यस्तै कुशल भुर्तेलले ९ बलमा ४ रन र आसिफ शेखले ३० बलमा २७ रन बनाए ।

यसअघि पाकिस्तानका कप्तान इरफान खानले २६ बलमा १ छक्का र ३ चौकासहित अविजित ४२ रन बनाए । तल्लोक्रमका ब्याट्सम्यान मोहम्मद सलमान एक रनमा अविजित रहे । पाकिस्तानले अतिरिक्त १३ रनसहित कुल १४४ रनको योगफल तयार पारेको थियो ।

नेपालतर्फ बलिङमा सोमपाल कामीले तीन विकेट लिए भने नन्दन यादव र दीपेन्द्रसिंह ऐरीले दुई–दुई विकेट झारे । कुशल भुर्तेलले एक विकेट लिएका थिए ।

११ टोली सहभागी रहेको शृंखलामा हालसम्म पाँच खेल खेलेको सिकागो किङ्समेन १० अंकसहित शीर्ष स्थानमा रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस